जोण्टा क्लब अफ पोखराले महिला हिंसा विरुद्ध अभियान चलाउने
पाेखरा | मंसिर ८, २०७९
पोखराः जोण्टा क्लब अफ पोखराले महिला हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम गर्ने भएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रम बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष मोनिका थापाले आधा आकाश ओगटेका महिलाका हक अधिकार तथा उनिहरुको समस्या र विभेद अझै पनि उस्तै रहेको बताइन् । यसलाई मध्यनजर गदैँ क्लबले महिला हिंसा विरुद्ध कार्यक्रम संचालन गर्न लागेको अध्यक्ष थापाले बताइन् ।
कार्यक्रम अन्र्तगत डिजिटल बोर्डमा महिला हिंसा विरुद्धको सचेतना मुलक भिडियो चित्र प्रस्तुत, मैनबक्ती यात्रा, भित्ते चित्रकला, हिंसामा परेका महिलाहरुसंग भेटघाट र १६ दिनको लागि सोशल मिडिया र डिजिटल क्याम्पेन हुने छन् । जिल्ला प्रहरी कर्यालय कास्कीको सहयोगमा यी कार्यक्रमहरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्लबका सदस्यहरुले आफ्नो समय, सिप र ज्ञानलाई स्वयं सेवाको रुपमा स्थानिय तह थता अन्तराष्ट्रिय सेवामुलक परियोजना प्रदान गरी काम गरिरहेको थापाले बताइन् । क्लबले विशेष गरी महिला सुरक्षा, सेवा, स्वास्थ्य र शिक्षामा केन्द्रीत भएर आफ्ना वार्षिक कार्य योजनाहरु गर्ने गरेको छ । अमेरीकामा १९९१ मा स्थापना भएको अन्तराष्ट्रिय जोण्टा क्लव नेपालमा ९ वर्ष पहिले स्थापना भएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

